भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन
एजेन्सी । भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ । लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गर्नुभएका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो ।
उनलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो । उनी ७४ वर्षका थिए ।
उनकी श्रीमती रेनु जोगी प्रदेशसभा सदस्य रहेकी छिन् भने छोरा अमित जोगी प्रदेश सभाका पूर्व सदस्य रहेका छन् । ‘स्थानीय समय अनुसार दिउसो ३ः३० मा उहाँले अन्तिम स्वास फेर्नुभयो, त्यसपछि विदा हुनुभयो’ अस्पतालका एक चिकित्सकले भने ।
उनलाई स्थानीय श्री नारायण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रश्वाससम्वन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल खेम्काले जानकारी दिए । कर्मचारीबाट राजनीतिमा प्रवेश गर्नुभएका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुँदै सन् २००० देखि २००३ सम्म मुख्यमन्त्री भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण