रञ्जु दर्शनाको नजरमा विद्यासुन्दर शाक्यको १०० दिन
काठमाडौं–विवेकशील साझा पार्टीकी नेतृ तथा काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शनले मेयर बनेका विद्यासुन्दर शाक्यको सय कार्यकाल असफल भएको टिप्पणी गरेकी छिन् ।
शाक्यको सय दिने कार्यकालको अवसरमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा दर्शनाले सय दिनमा जनताको मनमा बस्ने भन्दा पनि वितृष्णा फैल्याउने काम धेरै भएको टिप्पणी गरिन् ।
‘हाम्रो तर्फबाट हेर्ने हो भने काठमाडौ महानगपालिकाका मेयर सय दिनको काममा फेल हुनु भयो । अब हामी ३ महिनाको मौका दिन्छौ । यो परीक्षामा जुनकुनै हालतमा पास हुनुपर्ने छ ’, उनले भनिन् ।
दर्शनाले शाक्य विकास भन्दा पनि आफूलाई महङगो गाडी र मोवाईलको किन्ने जस्ता विषयमा अल्झिएको बताइन् ।
उनले आफ्नो पार्टीले अझैं शाक्यलाई राम्रो काम गर्न तीन महिनाको समय दिएको भन्दै सो समयमा पनि विकासको काम नभएका खण्डमा विवेकशीकले दबाब मुलक कार्यक्रम गर्ने बताइन् ।
कुन क्षेत्रमा कति काम गर्ने भन्दा पनि सय दिनमा १०१ काम गर्छु भन्नुनै गलत भएको टिप्पणी गर्दै भनिन्, ‘ गर्न सक्ने कामको मात्रै कुरा गरेको भए धेरै आलोचना र गुनासो सुन्नु पर्दैन थियो ।’
काम गर्ने समयमा शाक्य सम्मान थाप्नतर्फ लागेको व्यङग्य समेत उनले गर्न भ्याइन् ।
स्थानीयतह शासन संचालन ऐन संसदमा पास नभएको कारण काममा बाधा भएको भन्ने कुरा मेयरबाट आएपनि उनले काठमाडौको धेरै काम ऐन विनानै गर्न सकिने बताइन् ।
उनले आफूहरुले शाक्यलाई भेटेर महानगर विकासको बारेमा छलफल गर्ने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण