बुधबारको मौसम पूर्वानुमान
बुधबार, १७ असार २०७७, ०७ : ५१
मौसम पुर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ।
यसैगरी, महाशाखाले बुधबार बिहान देशभर आँशिकदेखि सामान्य बदली भइरहेको र सुदूरपश्चिम प्रदेश र प्रदेश २ का थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।
पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली हुने र सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई