इतिहासमा आज : यसरी सुरु भयो विश्व जनसंख्या दिवस
१९८७ यता हरेक वर्ष संयुक्त राष्ट्रसंघले ११ जुलाईलाई विश्व जनसंख्या दिवसका रुपमा मनाउँछ । यस दिवसमा आयोजना हुने कार्यक्रमहरुमा विश्वको जनसंख्या नियन्त्रणबारे सचेतना जगाउने गरिन्छ ।
संयक्त राष्ट्रसंघ विकास कार्यक्रम युएनडिपीले १९८९ यता यो दिवस मनाउन सुरु गरेको थियो । यो कार्यक्रम मनाउने योजना ११ जुन १९८७ बनेको थियो, जतिबेला विश्वको जनसंख्या ५ अर्ब पुग्यो अनि विश्व बैंकमा वरिष्ठ डेमोग्राफरका रुपमा कार्यरत डाक्टर केसी जाचारियाले यस्तो कार्यक्रम गर्न सुझाव दिए ।
विश्व जनसंख्या दिवसले जनसंख्यासँग सम्बन्धित विभिन्न सवाल जस्तै, परिवार नियोजनको महत्व, लैगिंक समानता, गरिबी, मातृ–शिशु स्वास्थ र मानवअधिकारबारे मानिसको जागरण बढाउने उद्देश्य राखेको छ । विश्वको जनसंख्या प्रत्येक १४ महिनामा झन्डै १ सय मिलियनका दर बढ्ने गरेको छ । ६ फेब्रुअरी २०१६ मा विश्वको जनसंख्या ७ अर्ब ४० करोड पुगेको थियो । २४ अप्रिल २०१७ मा जनसंख्या बढेर ७ अर्ब ५० करोड र वर्ष २०१९ मा ७ अर्ब ७० करोड पुगेको छ ।
विश्वको कुल जनसंख्यामध्ये ५९ दशमलव ५४ प्रतिशत जनसंख्या एशियामा बस्छ । चीन विश्वकै सर्वाधिक जनसंख्या भएको देश हो । यहाँ १ अर्ब ४० करोडभन्दा धेरै मानिसको बसोबास छ भने दोस्रो ठूलो जनसख्ंया भारतमा १ अर्ब ३६ करोडभन्दा धेरैको बसोबास छ ।
अन्य घटनाक्रम
१३४६– लक्जम्वर्गका चाल्र्स चतुर्थ रोम साम्राज्यका शासक चुनिए ।
१६७३– नेदरल्यान्ड र डेनमार्कबीच रक्षा सन्धीमा हस्ताक्षर ।
१९९० – बोस्नियामा ७ हजारभन्दा धेरै मानिसको नरसंहार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्म दर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गर्छु : सभापति खतिवडा
-
वैद्य निकट विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुतला
-
चार्टर एकाउन्टेन्टस् सङ्घको अध्यक्षमा अरुण राउत
-
पक्राउ परेको २४ घण्टा नबित्दै जनप्रतिनिधिको दबाबमा छुटे वन्यजन्तु सिकारी
-
‘छक्का पञ्जा ५’ मा नायिका को हो ?
-
सुनसरीमा गोली चल्यो