छाडा चौपाया व्यवस्थापन गरिन्छ : मुख्यमन्त्री महरा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले छाडा चौपाया व्यवस्थापन गरिने बताएका छन् ।
बुटवल शिवनगरस्थित गौशालाको अवलोकन गर्दै मुख्यमन्त्री महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापन गर्ने बताएका हुन् ।
लुम्बिनीका रुपन्देही, कपिलवस्तु र बाँकेमा छाडा चौपायाको समस्या बढी भएको भन्दै उनले बुटवलले आफ्नै बलबुतामा छाडा चौपाया व्यवस्थापन थालेकोमा खुसी प्रकट गरे ।
उनले स्थानीय सरकारहरूलाई प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा विशेष साथ दिने र यो समस्याको समाधान गर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चोपाएमा व्यवस्थापनका प्रदेशस्तरीय गौशाला स्थापना गरेर स्थानीय सरकारहरूलाई सहभागी गराउँदा दिगो व्यवस्थापन हुने बताए ।
बुटवल उपमहानगरपालिकाले बुटवल ७ शिवनगरमा रहेको गौशालामा नगरभित्रका ५ सयभन्दा बढी छाडा गाई गोरु व्यवस्थापन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण