वैद्य निकट विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुतला
बिहीबार, ०३ जेठ २०८१, २१ : ३०
काठमाडौँ । मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुतला जलाएको छ । बिहीबार सो सङ्गठनले आफ्ना संयोजक मिलन राईलाई पक्राउ गरिएको विरोधमा देशभर गृहमन्त्रीको पुतला जलाएको उपाध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए ।
केही दिनअघि प्रहरीले राईलाई राजधानीको बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो भने उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । संयोजक राईको रिहाइ नभए आइतबार देशव्यापी शैक्षिक हडतालको गर्ने यसअघि नै घोषणा गरिएको शाहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण