‘छक्का पञ्जा ५’ मा नायिका को हो ?
काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले बनाउन लागेको नयाँ फिल्म हो ‘छक्का पञ्जा ५’ । फिल्मको लेखनका लागि केही समय पोखरा रहेका दीपक लेखन सकाएर हालै काठमाडौँ फर्किसकेका छन् ।
फिल्मको छायाङ्कन जेठको १५ गतेबाट सुरु गर्ने तयारीमा निर्माण युनिट जुटेको छ । फिल्म दीपाश्री निरौलाले नै निर्देशन गर्न लागेकी हुन् । फिल्मका लागि अहिले कलाकार छनौट भइरहेको छ ।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे लगायतका केही कलाकार पुरानै रहनेछन् । अन्य कलाकारहरूसँग कुराकानी भइरहेको निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीको भनाई छ ।
फिल्ममा एक जना मात्र नायिका रहनेछन् । फिल्मको लागि अहिलेसम्म नायिका भने फाइनल भएको छैन । ‘छक्का पञ्जा’को यस अगाडिको प्रत्येक सिक्वेलमा फरक फरक नायिकाले काम गरेका छन् ।
यो सिक्वेलमा पनि नयाँ नायिका हुन सक्ने अनुमान गर्न सकिन्छ । को हुने भने अहिलेसम्म फाइनल भएको छैन । केही दिनमै नायिकासँगै अन्य कलाकारको लाइन अप पुरा गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।
‘छक्का पञ्जा ५’ को रिलिज मिति यसै वर्षको दसैँमा हुने भनिएको छ । नेपाली फिल्मको व्यवसायमा रेकर्ड राख्न सफल ‘छक्का पन्जा’ को यो पाँचौँ सिरिज निर्माण घोषणा समयदेखि नै चर्चा र दर्शकको प्रतीक्षित सूचीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
-
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
-
फ्रान्स र नर्वेको हुनेछ रोचक भिडन्त, उरुग्वे र स्पेनमा को बलियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण