यो हो विश्वको सबैभन्दा लामाे सिधा बाटो

रियाद । दुई वटा सहरलाई जोड्ने १४९ माइल (२४० किमी) लामो सडक, तर एक ठाउँमा पनि बाङ्गिएको छैन भन्ने सुन्दा तपाई पक्कै पनि पत्याउनु हुन्न होला । तर साउदी अरबमा दुई सहरलाई जोड्ने एउटा सडक १४९ माइल दूरीसम्म कतै पनि घुमाउरो वा बाङ्गिएको छैन ।
साउदी अरबको हाइवे १० ९१६ माइल (१ हजार ४७४ किमी) लामो छ । यो सडकले दक्षिण पश्चिमको अल दराब र पूर्वको अल बथालाई जोड्छ । यो सधैँ व्यस्त रहने सडक हो । मालबाहक ट्रकहरु गुडिरहन्छन् । रब अल–खली मरुभूमि भएर गुज्रिने यो सडक १४९ माइलसम्म एक ठाउँमा पनि नबाङ्गिएको सडक भनेर चर्चित छ । यो सडक राजा फहदका लागि निजी सडक भनेर बनाइएको थियो । तर सार्वजनिक सडकको खण्ड बनेयता यो सडकको नाम विश्वको सबैभन्दा लामो सोझो सडकका रूपमा गिनिज बुक अफमा लेखिएको छ ।
यसलाई केहीले विश्वकै सबैभन्दा विरक्त लाग्दो सडक पनि भन्छन् । यो सडक अल बथामा थोरै बाङ्गिएको छ । यो सडक पार गर्न करिब २ घण्टा लाग्ने गिनिज बुकमा उल्लेख गरिएको छ । यसअघि विश्वको सबैभन्दा लामो सिधा बाटे अष्ट्रेलियामा थियो । एयर हाइवेको दूरी ९१ दशमलव १ माइल छ । यो अझै पनि अष्ट्रेलियाको सबैभन्दा लामो सोझो बाटो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
१० बजे १० समाचार : माधव नेपालविरुद्ध मुद्दा चलेपछि आरोप–प्रत्यारोप, प्रचण्डले पनि भने– प्रतिशोधको गन्ध आयो