सत्ता राजनीति
मन्त्रिपरिषद् बैठक चलिरहँदा लोसपा नेता सिंहदरबारमा
बिहीबार, ०३ जेठ २०८१, १४ : ५४

काठमाडौँ । मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहँदा लोसपाका नेताहरू सिंहदरबार पुगेका छन् ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारी सिंहदरबार पुगेका हुन् ।
नेताहरूलाई प्रधानमन्त्रीले बोलाएकाले सिंहदरबार गएको लोसपा उपाध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए । मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा नेताहरूसँग छलफल गर्ने तयारी गरेको बुझिएको छ ।
लोसपा नेताहरूसँग के विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् भन्ने खुलेको छैन । यद्यपि बदलिएको राजनीतिक समीकरणमा मधेस प्रदेश सरकारमा मिलेर जानका लागि प्रधानमन्त्रीले प्रस्ताव गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन