बालाजु बृत्तमा कार्यरत इन्सपेक्टरलाई कोरोना संक्रमण
शनिबार, २७ असार २०७७, १० : ५४
काठमाडौँ । महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ । शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।
विगत एक वर्षदेखि कार्यरत कार्यालयमै रहेर काम गरिरहेका उनमा कोरोना देखिएपछि वृत्त मातहतका सबै प्रहरी कर्मचारीको पीसीआर जाँच गर्ने तयारी भएको बताइएको छ ।
कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । कोरोना संक्रमित इन्सपेक्टर लकडाउन सुरु भएपछि काठमाडौं बाहिर गएर फर्केको ट्राभल हिस्ट्री छैन ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा असार २४ गते ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा उनको मात्र पोजेटिभ आएको काठमाडौँ परिसरले जनाएको छ ।
गोरखा घर भएका उनी हाल काठमाडौँ टोखा नगरपालिका बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने
-
हेटौँडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानसँग गाभ्न लागिएको भन्दै आठ राजनीतिक दलले जनाए आपत्ति
-
कर्णालीमा अझै सुरु भएन बजेट निर्माण प्रक्रिया
-
दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, मोटरसाइकल भेरीमा डुब्यो
-
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
-
नवीन समझदारी नै अबको निकास