योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित योग तथा ऊर्जा ध्यान शिविरको शुभारम्भ गर्दै उनले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समेट्ने गरी तयारी गरिरहेको बताए ।
उनले योग, ध्यान र साधनाको अभ्यासको महत्वलाई विश्वले अहिले बुझिरहेको बताए । योग तथा ध्यान रुढीवादी नभई वैज्ञानिक विधि रहेको जिकिर गर्दै उनले योग तथा ध्यानलाई आत्मसाथ गर्न सके व्यक्तिलाई चिन्न, फेर्न र राम्रो बनाउन सकिने बताए । उनले नेपाल ध्यान गर्नका निम्ति सर्वाधिक उपयुक्त तपोभूमि रहेको बताए । भगवान् शिव, बुद्ध, व्यास, पतञ्जलि, जनक, सीता, पद्यसम्भव, अष्टावक्रले नेपालमै ध्यान गरेको भन्दै उनले ध्यानको अभ्यास गर्ने सबैभन्दा राम्रो भूमि रहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेकोमा चिन्ता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण