कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
शनिबार, २९ वैशाख २०८१, १० : ३६

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठकको आह्वान गरेका छन्। कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबिच साझा धारणा बनाउने भन्दै उनले जेठ ४ गते सर्वदलीय बैठक बोलाएका हुन्।
समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो, एक्ला एक्लै हिँडनु भन्दा सबै राजनीतिक दलहरूबिचको साझा सहमति खोज्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ ।
उनका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ ।
प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली