राजधानीमा छिट्टै साझा बस चल्ने, सुरु भयो तयारी
शनिबार, २७ असार २०७७, १३ : ३३
काठमाडौं । काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन् ।
सरकारले तोकेको मापदण्ड पालना गर्दै बस सञ्चालन हुन लागेको हो । सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला साझाले सिमित स्थानमा बस सेवा सञ्चालन गर्न लागेको हो । साझाले ४ महिनादेखि पार्किङ गरेर राखेका बस मर्मतको काम थालेको छ ।
सरकारले ५० प्रतिशत यात्रु बोक्न पाउने, ५० प्रतिशत बढी भाडा लिन पाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने सर्तमा बस सेवा सञ्चालन गर्न दिने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगलमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने
-
तयार भयो टी–२० विश्वकपमा भारत र पाकिस्तानबिच खेल हुने न्यूयोर्कको स्टेडियम
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
-
एकीकृत समाजवादीको १८ बुँदे प्रस्ताव : सहकारी ठगीमा कारबाहीदेखि रुस-युक्रेन युद्ध रोक्नेसम्म
-
मकवानपुरका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
सुदूरपश्चिममा विपक्षी दलको अवरोधका बिच मुख्यमन्त्री सोडारीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव