गुगलमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने
काठमाडौँ । गुगल म्यासेजलाई राम्रो बनाउन गुगल निरन्तर काम गरिरहेको छ । हालै गुगल मेसेजमा मल्टिमिडिया मेसेजिङको फिचर आएको थियो । अब कम्पनीले यसमा पठाइसकेको म्यासेज पनि एडिट गर्ने सुविधा उपलब्ध दिने भएको छ । नयाँ अपडेटपछि गुगल मेसेज एपमा पठाएको म्यासेजलाई एडिट गर्न सकिनेछ ।
गुगल मेसेजको यो फिचरको अहिले बिटा परीक्षण भइरहेको छ । यसको अन्तिम अपडेट आगामी केही हप्तामा जारी हुन सक्ने बताइएको छ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक प्रयोगकर्ताले गुगल म्यासेजको यो सुविधाबारे जानकारी दिएका थिए । बिटा प्रयोगकर्ताहरूले यो फिचर चेक गर्न सक्नेछन् ।
१५ मिनेटको सीमा
रिपोर्टका अनुसार गुगल मेसेजमा म्यासेज एडिट गर्ने सुविधा उपलब्ध छ । यसको सीमा १५ मिनेट मात्रै हुनेछ । अर्थात् १५ मिनेटभित्र मात्रै म्यासेज एडिट भने गरी सक्नु पर्नेछ । व्हाट्सएपमा यो सीमा ३० मिनेटको छ । व्हाट्सएपमा पठाएको म्यासेज ३० मिनेटभित्र एडिट गर्न सकिनेछ । यो फिचरले कसरी काम गर्छ भन्नेबारे जानकारी अन्तिम अपडेट पछि मात्र उपलब्ध हुने बताइएको छ ।
अपरिचित नम्बरबाट आएको म्यासेजमा पनि नाम आउने
गुगल मेसेजले अर्को नयाँ फिचर पनि परीक्षण गरिरहेको छ । यो फिचर आएपछि नचिनेको नम्बरबाट म्यासेज आएको छ भने पनि म्यासेज पठाउने व्यक्तिको वास्तविक नाम थाहा हुनेछ । गुगल मेसेजको यो नयाँ फिचरको बिटा परीक्षण भइरहेको छ । सन्देश पठाउने व्यक्तिले प्रोफाइल डिस्कभरी अन गरेको छ भने त्यो नम्बरबाट सन्देश आएपछि उनको पहिचान खुल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण