तयार भयो टी–२० विश्वकपमा भारत र पाकिस्तानबिच खेल हुने न्यूयोर्कको स्टेडियम
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा स्थानीय आयोजकहरू पनि अन्तिम तयारीमा जुटेका छन् ।
यसै क्रममा टी–२० विश्वकप लागि तयारी पारिएको अमेरिकाको न्यूयोर्कस्थित ‘नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम’ को निर्माण कार्य पुरा भएको स्थानीय आयोजकले जनाएको छ । उक्त स्टेडियमको औपचारिक उद्घाटन पनि गरिएको छ ।
सर्वाधिक चर्चामा रहेको दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको खेल पनि यही स्टेडियममा खेलाइने छ । उक्त खेल जुन ९ तारिखमा खेलिने छ । ‘नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम’ कुल ३४ हजार दर्शक क्षमताको रहेको छ ।
यो स्टेडियमको उद्घाटन कार्यक्रममा न्यूयोर्क सहरमा रहेका विभिन्न खेलका चर्चित खेलाडीहरूको उपस्थिति रहेको थियो । उक्त समारोहमा विश्वकै सबैभन्दा तीव्र गतिका धावक उसेन बोल्ट पनि उपस्थिति थिए ।
यसका अतिरिक्त वेस्ट इन्डिजका चर्चित क्रिकेटर सर कर्टली एम्ब्रोस, पाकिस्तानका सोएब मलिक, इङ्गल्यान्डका लियाम प्लंकेटलगायतका क्रिकेट पनि सहभागी भएका थिए । अमेरिकी क्रिकेट खेलाडी कोरी एन्डर्सन र मोनांक पटेल पनि कार्यक्रममा उपस्थित थिए ।
न्यु योर्कको यो क्रिकेट स्टेडियम भारतको वानखेड स्टेडियमसँग मिल्दोजुल्दो रहेको बताइएको छ । यो स्टेडियमको आकार पनि वानखेड स्टेडियमको जस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण