पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध
सोमबार, ०५ साउन २०७७, १२ : ५३
टिस्टुङ । अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।
भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले बताए । काठमडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिराका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला
-
कोशी प्रदेशसभाको अधिवेशन आह्वान
-
छानबिन समिति बनाए कांग्रेसले रवि लामिछानेको राजीनामा माग्छ : केपी ओली
-
श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् पक्राउ
-
१० जनालाई केन्यामा लगेर बन्धक बनाउँदै साढे ५ करोड ठगेको आरोपमा ३ जना पक्राउ
-
वीरगन्ज महानगरका पूर्वमेयर सरावगीद्वारा एमालेबाट राजीनामा