टेक्ससबाट पनि सगुनमा लगानी गर्ने अवसर खुल्यो
टेक्सस । नेपाली प्रवासीद्वारा स्थापना भएको सागुनमा अव टेक्सास राज्यका बासीहरुले पनि लगानी गर्न सक्ने भएका छन् ।
सगुनले गत वर्षदेखि मिनी आइपीओमार्फत आफ्नो स्वामित्व शेयर विश्वभरि विक्री गर्दै आइरहेको थियो । तर मिनी आइपीओमार्फत अमेरिकाका केहि राज्यहरुबाट ती राज्यहरुका कानूनी प्रावधानका कारण सिधै लगानी गर्न अनुमति थिएन ।
जसका लागि सगुनले टेक्ससमा सम्वन्धित निकायबाट छुट्टै अनुमति लिनु पर्ने थियो जुन हालै सगुनले प्राप्त गरेको छ ।
अमेरिका, इन्डिया र नेपालमा स्थापित भएको सगुनमा विश्वभरिबाट लगानीको अवसर प्राप्त हुँदा अमेरिकाकै केहि राज्यहरुबाट भने लगानी गर्न नपाएको भन्दै टेक्सस स्थित समुदाय विशेष गरि नेपाली समुदायबाट आएको गुनासोलाई सम्वोधन गर्न यो अवसर उपलब्ध गराउन सकिएको सगुनकाको फाउण्डर कविन्द्र सिटौलाले जानकारी गराए ।
सिटौलाले भने, ‘हामीलाई पनि टेक्सस राज्यबाट मिनी आइपीओ मार्फत लगानीको अवसर उपलब्ध गराउन नसकेकोमा दुःख लागेको थियो । टेक्सस जस्तो राज्यमा धेरै नेपालीहरुमा उद्यमशीलताको माहौल छ । धेरै नेपालीहरु व्यवसायमा संलग्न छन् । उनीहरुले टेक्सस राज्यमा बसोबास गर्ने नेपाली लगायत सबै समुदायलाई सगुनमा लगानीको अवसर उपलब्ध गराउन विशेष अनुरोध पनि आइरहेको थियो । यिनै कुराहरु सम्वोधन गर्न सगुनले सम्वन्धित सरकारी निकायबाट अनुमति प्राप्त गरि लगानी गर्न पाउने अवसर खुल्ला गर्न सकेका छौं ।’
हाल सम्म सगुनमा ३ करोड स्टोरी पोस्ट भैसकेका छन् र लगभग २ अर्ब स्टोरी भ्यू भैसकेका छन् र अहिले सम्म लगभग ४ अर्ब १७ करोड स्मार्ट कोइन प्रयोगकर्ताहरुले सगुनमा कमाइसकेका छन् भने ७४ करोडको स्मार्ट कोइन किनमेलका लागि प्रयोग भैसकेका छन्।
सगुनले चाडैनै मुड टक (च्याटिङ फिचर) पनि बजारमा ल्याउँदै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण