कोरोनाभाइरसबाट सबैभन्दा धेरै ज्यान गुमाउनेमा मेक्सिको तेस्रो स्थानमा
कोरोनाभाइरसबाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा मेक्सिको तेस्रो स्थानमा उक्लिएको छ । मेक्सिकोभन्दा अगाडि अमेरिका र ब्राजिल मात्र रहेका छन् । पछिल्लो तथ्यांक अनुसार महामारी सुरु भएयता शुक्रबारसम्म मेक्सिकोमा ४६ हजार ६८८ जनाले ज्यान गुमाएका छन् । शुक्रबार एकै दिन ६८८ जनाको मृत्यु भएको थियो । देशमा ४ लाख २३ हजार ६३७ जना संक्रमित रहेका छन् । यसअघि ४६ हजार २०४ मृत्युसहित सबैभन्दा धेरै ज्यान गुमाउनेको देशको सूचीमा तेस्रो स्थानमा बेलायत रहेको थियो ।
स्थानीय अधिकारीहरुले मेक्सिकोमा कूल संक्रमितको संख्या तथ्यांकमा देखिएभन्दा धेरै रहेको हुनसक्ने बताएका छन् । संक्रमितको संख्या बृद्धि भइरहँदा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले भने देशको अर्थतन्त्रलाई पुनः चलायनमान बनाउन आतुर छन् । उनको सरकारले मेमा चरणबद्धरुपमा लकडाउन खुला गर्ने योजना घोषणा गरेको थियो ।
मध्य जुनदेखि हजारौँ कामदारहरु काममा फर्किएका थिए । त्यस्तै जुलाईदेखि अन्य व्यवसायलाई खुला गर्ने अनुमति दिइएको थियो । आलोचकहरुले भने लकडाउन गर्न ओब्राडोरले ढिलाइ गरेको र अहिले लकडाउन खुकुलो बनाउन हतारो गरेको आरोप लगाएका छन् ।
यता, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको असर दशकौँसम्म रहने चेतावनी दिएको छ ।
स्रोत : बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण