एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न

टोकियो । कोभिड–१९ अर्थात कोरोना त्रासका बाबजुुद पनि एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न भएको छ । जापानको नागोया शहरमा आयोजना गरेको उक्त सम्मेलनमा जापानभरका ९ क्षेत्रीय समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि गरी झण्डै ७० जनाको सहभागिता थियो ।
कोरोनाको त्रासका कारण र जापानभर नै लकडाउन रहेकाले अघिल्लो पटक मिति तोकिएको भए पनि कार्यक्रम स्थगित गरेको थियो । यस पटकको सम्मेलन साउन १८ गते गर्ने भन्दा रोग केही नियन्त्रण भइसकेको तर मिति नजिकिँदै जाँदा भने केही अप्ठेरो परिस्थिति रहेको भए पनि सम्मेलन सम्पन्न गरेको एनआएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जानकारी दिए ।
कार्यक्रममा राजनीतिक दलको प्रतिनिधिका रुपमा बाबुुराम भण्डारीले कोरोना रोगको प्रकोप अझै बढिरहेकाले सबै नेपाली भाषी समुुदायलाई सहयोग पुु¥याउनुपर्ने बताए । एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीको अध्यक्षता सम्पन सो समेलनमा एनआरएनए आइसिसी कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द श्रेष्ठ र सम्मेलनको संयोजक तथा एनआरएनए जापानका क्षेत्रीय उपाध्यक्ष दीपक केसीले सम्मेलनको विविध पक्षमाथि बोले । एनआरएनए जापानमा हाल नौ वटा क्षेत्रीय समिति तथा एक तदर्थ समिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?