लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट
सोमबार, १९ साउन २०७७, २० : ११
काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्य रहेका सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई ४ वर्षे कार्यकालका लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
बोर्डमा यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सीईओ थिए । अधिकारीको कार्यकाल सकिनुअघि नै गत चैतमा गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त थियो ।
लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा.युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा.सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव वीर बहादुर राईलाई सचिवमा बढुवा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण