महामारीप्रति गैरजिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त
पोखरा महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
वडाध्यक्षहरुका तर्फबाट पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति जारी गर्दै महामारीका समयमा सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
महामारीका कारण भयावह अवस्था सिर्जना भएको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय सरकारको मुख ताक्नुभन्दा आफैँ सुरक्षितरूपमा रहनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, कार्यक्रम नगर्न, भीडभाड नगर्न, व्यापार व्यवसाय गर्दा स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी अपनाउन, साबुनपानीले नियमित हात धुन र मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।
पोखरामा १४७ सङ्क्रमित भइरहँदा आइसोलेसन वार्डमा थप श्यया व्यवस्था गर्न काँग्रेसले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण