सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या ४ हजार नाघ्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५५ पुगेको छ । मंगलबार कञ्चनपुरका १४ जना निको भएर घर गएसँगै निको हुनेको संख्या ४ हजार ५५ पुगेको हो ।
स्वास्थ्थ्य निर्देशनालय डोटीले जनाएअनुसार ४१ हजार ३३३ जनाको र्थोट स्वाब नमुना जाँचबाट ४ हजार ७९५ मा संक्तमण पुष्टि भएको छ । सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले प्रदेशमा निको हुनेको संख्या बढ्दै गएको उनले बताए ।
यसैबीच सेती प्रादेशिक अस्पतालमा मंगलबार गरीएको परिक्षणमा थप १० जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। हाल नमुना संकलन भएकामध्ये १ हजार ७२२ को रिपोर्ट आउन बाँकी रहेको छ ।
हालसम्म फेला परेका संक्रमितहरुमा अछामका ७१८, बैतडीका ३२२, बझाङ्गका २८३ ,बाजुरा ४५२, डडेल्धुराका ३०४, दार्चुलाका ४३, डोटीका ७४० , कैलालीका १३४४ र कंचनपुरका ५८९ गरि ४ हजार ९५ रहेका छन् । जसमा महिला १ हजार १७२ र पुरुष ३ हजार ६२३ संक्रमित रहेका छन् ।
हाल क्वारेन्टिनमा १ हजार ९९० पुरुष र ७ सय १८ महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण