लोकप्रिय बन्दै ‘तितो पिरो’
काठमाडौं । हास्य सिरियल ‘तितो पिरो’ले लोकप्रियता हासिल गर्न सफल भएको छ । गत वर्षबाट प्रसारण सुरु भएको यो सिरियल रमाइलो टेलिभिजनबाट हरेक आइतबार साँझ प्रसारण हुँदै आएको छ ।
कोरोना महामारीका बीच पनि आफ्नो प्रसारणलाई निरन्तरता राख्दै आएको सिरियले गत आइतबारबाट ५२ भाग पुरा गरेको हो ।
दर्शकको मन जित्दै ५२ भाग पुग्न सफल भएको सिरियललाई अझ राम्रो बनाउने कोसिसमा यसको निर्माण युनिट लागेको छ । सिरियलमा निर्माता अनिश खतिवडा हुन् ।
रामचन्द्र अधिकारी, कुमार गजुरेल, डोल्मा , भोला अधिकारी, कसिस दाहाल,राजेन्द्र गिरी (गुन्द्रुके), धर्म भण्डारी, समिर राई, आइसा राई, दावा शेर्पा, श्रीदेव आचार्य, गंगा थापा साथै बाल कलाकार कुशलमणी गजुरेल, कृषा गजुरेलको अभिनय सिरियलमा देख्न सकिन्छ ।
सिरियलका निर्देशक पत्रकार तथा कलाकार भोला अधिकारी र अनिश खतिवडा हुन । निर्देशक भोलाले लकडाउन तथा कोरोना महामारीका बीच पनि सावधानिका साथ सिरियलको छायाँकन गर्दै प्रसारणमा ल्याइने गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण