कायस्थ ८ दिन पछि मृत फेला : ज्यानको बाजी लगाएर खोज्दा शव भेटियो
तनहुँ - गत भदौ १९ गते देखि हराएका म्याग्दे गाउँपालिका वडा न ४ हाल व्यास नगरपालिका वडा नं ३ स्थित रुचन खाजाघर संञ्चालक चन्द्रकुमारका जेठा छोरा कृष्ण कायस्थ सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
देवघाट गाउँपालिका वडा नं ५ स्थित त्रिसुली नदी मिसिएको नजिकै वगाई भन्ने स्थानमा नदीमा तैरिरहेको अवस्थामा कायस्थ मृत अवस्थामा फेला परेका हुन । मृतक भेटिएका कायस्थ संगै पौडी खेल्न गएका चार युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । संगै पौडी खेल्न गएको अवस्थामा घरपरिवारमा कुनै पनि जानकारी नगराएको र छोराको मोबाइल साथमै राखिएका जस्ता कारणले पनि कर्तव्य गरेको भन्दै पीडित पक्षले प्रहरीमा ठाडो उजुरी जाहेरी गरेका थिए ।
स्थानीयवासी, आफन्तजन र नेपाल प्रहरी सहितको टोलीले खोज्दै जाँदा उक्त स्थानमा शव फेला परेको घट्नास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका सई मनोज पाण्डेले जानकारी दिए । शरीरको अवस्था चिनिने खालको नभएपनि हातमा लगाएको चेनबाट आफन्तजनले पहिचान गरेका थिए । मृतकको शव पोष्टमार्टमको लागि सोमबार साँझ नै दमौली अस्पतालमा ल्याउने तयारी भैरहेको घट्नास्थलमा पुगेकाहरुले जानकारी गराएका छन् । मृतककी आमा बेहोश रहेको वेला वेलामा होश आएको अवस्थामा छोरा कृष्ण कताबाट आउँछ भनेर बर्रबराउने गरेकी छिन् ।
ज्यानको बाजी
कृष्णको शव ज्यानको बाजी लगाएर खोज्दा शव भेटिएका छाङ्गेली नेवा खलले जनाएको छ ।
हराएको दिन देखि शंकास्पद स्थानहरुमा छाङ्गेली नेवा खलद्धारा खोजी कार्य गर्दा देवघाट गाउँपालिका वडा नं ५ गाईघाट स्थित बगाई भन्ने स्थानमा तैरिरहेको अवस्थामा भेटिएपछि खोजी कार्यमा संलग्न रहेका बोटे लगायत हर्ष नारायण कायस्थ, मनिल मल्ल, दिनेश मल्ल लगायतका व्यक्तिहरुले शव खोज्नका लागि ज्यानको बाजी लगाएर काम गरेको समाजका भिष्म श्रेष्ठले जानकारी दिए ।
व्यक्तिगत रुपमा ४० हजार रुपैयाँ जोखिम मोलेर नारायण दाईले शव निकाल्ने कार्यमा सहयोग गरेका थिए भिष्म श्रेष्ठले भने यति सम्म दुख यातना पाइयो कि त्यो अहिले सम्म पाइएको थिएन् । मृतक कायस्थको मंगलबार पराम्परा संस्कार अनुरुप डमौलीघाटमा दाहसंस्कार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
-
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
-
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण