आजबाट कृष्ण मल्लको ‘श्रीमती जिन्दावाद’
काठमाडौं । विभिन्न हास्य सिरियलहरुले बजार पिटिरहेको समयमा अर्काे एक सिरियल ‘श्रीमती जिन्दावाद’ पनि थपिने भएको छ । आज शुक्रवार साँझ ५ वजेदेखि ग्लोबल ओरेन्ज टिभीको युट्युव सिरियल धारावाहिक रूपमा प्रसारण हुन लागेको हो ।
कलाकार कृष्ण मल्लको निर्देशनमा रहेको सिरियल हास्यरसमा निर्माण भएको छ । १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण समेत भएको यो सिरियल त्यतिबेला दर्शक माँझ लोकप्रिय थियो । दर्शकको चाहना र बदलिँदो परिस्थिति अनुरूप फेरि डिजिटल प्लेटफर्ममा ल्याउन लागिएको निर्देशक मल्लले जानकारी दिए ।
विशुद्ध मनोरञ्जन पस्कने उद्देश्यले निर्माण भएको स्वस्थ, सौन्दर्य र सामाजिक परिवेशका बिषय उठाइएको सिरियलका निर्माता राजन घिमिरे हुन् । सिरियलमा कृष्ण मल्ल, शर्मिला मल्ल, रमेश बुढाथोकी, सुभाष गजुरेल, नारायण त्रिपाठी, स्व.भिमबहादुर थापा, निला बस्नेत, रवि डङ्गोल, उत्तम केसी, पल्लवी भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक कृष्ण मल्ल अहिले अर्काे सिरियल ‘तातो न भुत्लो’ को तयारीमा छन् । छिट्टै यो सिरियल निर्माण हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय