सांसद यादवसहित ४८ जनामा कोरोना संक्रमण
जनकपुर । धनुषामा जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका डा.सूर्यनारायण यादवसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डा.यादवसहित ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
जनकपुरधामस्थित जानकी हेल्थ केयरमा कार्यरत एक चिकित्सिकसहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यस्तै जनकपुरधामस्थित मुक्ति विकास बैंकका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । मुक्तिनाथ विकास बैंकका केही कर्मचारीमा यसअघि पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त बैंकका कर्मचारीहरुको कोरोना संक्रमणको रिपोर्ट ढिला आउँदा अन्य कर्मचारीहरुमा संक्रमण बढेको देखिएको छ ।
त्यस्तै जनकपुरधाम उपमहानगरमा २२ जना, धनुषा मिथिला बिहारी नगरपालिकामा १ जना, बटेश्वर गाउँपालिकामा १ जना, हंसपुर नगरपालिकामा १ जना, मुखियापट्टी गाउँपालिकामा १ जना, जमुनीवासमा १ जना, मिथिला नगरपालिकामा ६ जना, धनौजी गाउँपालिकामा १ जना र लक्ष्मीनिया गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयागशालाले जनाएको छ । उता, महोत्तरीको जलेश्वर नगरपालिकामा १७ जना, औरही नगरपालिकामा १ जना र पिपरा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई