सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय १६ पुग्यो
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको छ ।
शनिबार गरिएको परिक्षणबाट थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीबाट १३ , डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट, २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
कैलालीका ४ पुरुष, ५ महिला, कंचनपुरका २ पुरुष, २ महिला, बझाङ्ग १ पुरुष र डडेल्धुराका १ महिलामा सक्रमण पुष्टि भएको निर्देशनालय ले जनाएको हो ।
यसअघि नै ४ हजार २०२ जना निको भएर घर गइसकेका छन् भने ११ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
प्रदेशमा हालसम्म ४४ हजार ६८१ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३९ हजार ८५२ मा नेगेटिभ आएको उनले बताए । २ हजार २३३ को रिपोर्ट आउन बाँकी रहेको छ ।
आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनामा परिक्षण गरिएको छ ।
हाल सम्म फेला परेका संक्रमितहरु अछामका ७२४, बैतडीका ३२४, बझाङ्गका २८५ ,बाजुरा ४५२, डडेल्धुराका ३०५, दार्चुलाका ४३, डोटीका ७४३ , कैलालीका १३५८ र कंचनपुरका ५९५ गरि ४ हजार ८२९ रहेका छन । जस्मा महिला १ हजार १८४ , पुरुष ३ हजार ६४५ रहेका छन । क्वारेन्टिाईनमा २ हजार ४७७ पुरुष र १ हजार २९ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ६० गरी ७४ जनाको उपचार भइरहेको छ ।
१ हजार १४ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् । सेती प्रादेशिक अस्पतालमा ७, टिकापुर ३४ , महाकाली ४, अछाम १०, डोटी २, डडेल्धुरा १ र मालाखेती अस्पतालमा २ जनाको उपचार भई रहेको उनले बताए ।
बाँकी को भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण