युएईस्थित फिस्टेल ट्राभल भन्छ, ‘कसैलाई टिकट बेच्ने जिम्मेवारी दिएका छैनौँ, बढी रकम लिन्छ भने त्यो ठगी हो’
युएई । युएईबाट नेपाल फर्कनका लागि टिकट काटेका यात्रुबाट चर्को भाडा असुली भएको सम्बन्धमा रातोपाटीमा समाचार प्रकाशन भएपछि युएईस्थित फिस्टेल ट्राभलले आफ्नो स्पष्टिकरण दिएको छ ।
सोमबार रातोपाटीलाई एक प्रेस विज्ञप्ति पठाउँदै ट्राभलले आफूहरुले सरकारले तोकेको शुल्कमै यात्रुलाई टिकट दिएको र टिकट बेच्ने जिम्मेवारी अन्य ट्राभललाई नदिएको स्पष्ट पारेको हो ।
हिमालय एअरलाइन्सको युएईस्थित जिएसएका रुपमा फिस्टेल ट्राभलले काम गरिरहेको र यात्रुहरुलाई टिकट उपलब्ध गराउने काम फिस्टेल ट्राभल र यसको मातृ संस्था ग्रिनलाइन ट्राभलले मात्रै गरिरहेको भन्दै अन्य कुनै ट्राभल एजेन्सीले टिकट मिलाउँछु भन्यो भने सजक हुन पनि आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘फिस्टेल ट्राभलले अहिले कुनैपनि ट्राभल एजेन्सीलाई टिकट विक्री गर्ने अधिकार र जिम्मेवारी दिएको छैन । यात्रुहरुले सोझै फिस्टेल ट्राभल वा ग्रिनलाइन ट्राभलबाट टिकट किन्न सक्नेछन्, जसका लागि लाग्ने शुल्क भनेको नेपाल सरकारले तोके अनुसारकै शुल्क हो । कुनै व्यक्ति, ट्राभल एजेन्सी वा संस्थाले टिकट दिन्छु भनेको छ भने त्यो सरासर गलत हो र ठगी गर्ने नियत पनि हुनसक्छ । त्यसकारण यात्रु आँफै सजग भइदिनुहुन अनुरोध गर्दछौँ ।’

हिमालय एअरलाइन्सको जिएसए फिस्टेल ट्राभलले यात्रुबाट १ हजार ४ सय २० दिराममात्रै लिएको दाबी गरेपनि यात्रुहरुले भने विभिन्न ट्राभल एजेन्सीको माध्यमबाट २ हजार ५ सय दिरामसम्म तिर्नु परिरहेको छ । सिट खाली नभएको भन्दै ट्राभल एजेन्सीहरुले चर्कोे मूल्य लिएर टिकट उपलब्ध गराउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण