कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् । बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताए ।
भण्डारीमा मधुमेह, उच्च रक्तचाप र ज्वरोका कारण उपचारका क्रममै मृत्यु भएको हो उनले भने, “प्रेमलाई परिवारजनले स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ ।” उच्च ज्वरो देखिएका चार जनालाई कैलालीको धनगढी उपचारका लागि पठाईएकोमा केही निको भएर घर फिर्ता भएको र केही उपचारका क्रममा रहेको शाखा प्रमुख महराले जानकारी दिए ।
उनका अनुसार मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना जाँचका लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन । उच्च ज्वरोको समस्या लिएर आउने व्यक्तिहरुमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिससंग मिल्दोजुल्दो लक्षणहरु रहेकाले सो रोगको सङ्क्रमण हुन सक्ने उनले बताए ।
दोधारा स्वास्थ्य केन्द्रका अनुसार १० दिन अघिदेखि उच्च ज्वरोको समस्या देखिएको छ । स्वास्थ्य केन्द्रका डा.गगन चौधरीले लक्षण देखिएको तीनदेखि चार दिनभित्र सबैको मृत्यु भएको बताए । उनले ज्वरो आउने वित्तिक्कै प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न स्थानियलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण