कोरोनाबाट थप ८ को मृत्यु, मृतकको संख्या १८३ पुग्यो
बिहीबार, ११ भदौ २०७७, १६ : ४२
काठमाडौं । कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए ।
जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण