चितवनमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
शनिबार, १३ भदौ २०७७, २२ : ५५
चितवन । चितवनमा आज साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
निमोनिया भएर यही भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज अपराह्न कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो । यसअघि आजै बिहान चितवन मेडिकल कलेजमै बाराका एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण