वामदेव गौतमले लिए सपथ, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्षका गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका हुन् ।
सपथ समारोहमा संक्षिप्त सम्बोधन गर्दै गौतमले अव आफ्नो कामकारवाही राष्ट्रिय सभामा केन्द्रीत हुने बताए । यस्तै उनले राष्ट्रियसभाको प्रतिष्ठा र गरिमा नगिराउने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेता तथा सांसदहरु सहभागी भएका थिए ।
राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै गौतमले सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
