डब्ल्यूएचओद्वारा युरोपमा कोरोनाको संक्रमणमा निकै गम्भीर वृद्धि हुने चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशकले पछिल्ला केही दिनदेखि युरोपमा कोरोनाभाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
हान्स क्लूगले पछिल्लो दुई हप्तामा युरोपका सदस्य देशमा कोरोनाको नयाँ सक्रमितको संख्यामा दोब्बरको वृद्धि भइरहेको बताएका छन् ।
‘हाम्रो सामुन्ने निकै गम्भीर स्थिती निम्तिने खतरा छ,’ उनले भने ।
संसारभरी कोरोना संक्रमितको संख्या ३ करोड नाघेपछि उनले सो कुरा बतँएका हुन् ।
गत वर्ष चीनबाट सुरु भएको यो भाइरसका कारण हालसम्म ९ लाख ४२ हजार बढीको मृत्यु भएको छ ।
बिहिबार कोपेनहेगनमा बोल्ने क्रममा क्लूगले अघिल्लो हप्ता युरोपभरी ३ लाख नयाँ संक्रमित थपिएको जानकारी दिए । मार्च महिनामा महामारी उत्कृर्षमा पुगेका बेलाभन्दा अहिले संक्रमण बढिरहेको उनले बताए ।
‘यो संख्या व्यापक परीक्षणको नतिजा हो तरपनि यो क्षेत्रमा भाइरसको संक्रमण खतरनाक स्तरमा पुग्न लागेको बताउँछ,’ उनले पत्रकारलाई भने ।
यो आँकडालाई हामी सबैले निकै गम्भीर रुपमा लिनुपर्छ ।
यता अस्पतालमा बिरामीको चाप र मृत्युदरमा भने वृद्धि देखिएको छैन यद्यपि, स्पेन र फ्रान्समा संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।
हाल विशेषगरी युवावर्गमा कोरोनाको संक्रमण अत्यधिक देखिएको छ । यी संक्रमण ज्येष्ठ नागरिकमा फैलिए, स्थिती थप चिन्ताजनक हुने बताइएको छ ।
डब्ल्यूएचओका अनुसार महामारीको सुरुवातदेखि अहिलेसम्म युरोपमा ५० लाख संक्रमित भेटिएका छन् भने २ लाख २८ हजारको मृत्यु भइसकेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण