बुर्तिबाङमा पुग्यो बिजुली
बलेवा । स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो । केन्द्रीय प्रसारण लाइनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसापासका गाउँमा सानोतिनो वर्षामा बाढी आउँदासमेत विद्युत् अवरुद्ध हुने समस्या ।
गत भदौ १७ गतेको नरसंहारकारी पहिराले बगाएका लघुजलविद्युत् आयोजना मर्मत गरेर धिपधिप बत्ती बालिरहेको बुर्तिबाङले आइतबारदेखि भने बिजुली पाएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङमा स्थापना गरेको ‘नो लाइट’ कार्यालयमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बत्ती बालेर ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले केन्द्रीय प्रसारण लाइनको शुभारम्भ गरे ।
जिल्ला सदरमुकाम बागलुङ बजार पछिको दोस्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । ठूलो लगानी र मिहेनतपछि बुर्तिवाङवासीले आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका हुन् । अघिल्लो वर्षदेखि थालिएको अभियानले मूर्त रुप लिएको ढोरपाटन नगरप्रमुख नेपालीले जानकारी दिए । बुर्तिबाङमा रहेको लघुजलविद्युत्ले साँझपख बिजुली बाल्ने र मोबाइल चार्ज गर्नमात्र पुग्थ्यो ।
हरिचौरमा सब–स्टेसन निर्माण गरेर बुुर्तिबाङ बिजुली पु¥याउन सकिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । बुर्तिबाङमा विद्युत् पु¥याउनका लागि हरिचौरको ११ केभी सब–स्टेसनदेखि बुर्तिबाङ बजारसम्म ४०० पोल गाडिएको छ । वितरण केन्द्रका अनुसार बुुर्तिबाङ बजारमा तत्कालै तीन हजार घरमा विद्युतीकरण हुनेछ ।
जिल्लाको ताराखोला, निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा अझै विद्युत् सेवा पुगेको छैन । स्थानीयवासीले बनाएका लघुविद्युत्को भरमा बिजुली बालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?