लागूऔषधसहित दुई जना पक्राउ
आइतबार, ०४ असोज २०७७, १७ : २४
झापा जिल्लाको गौरादह नगरपालिका ९ बैगुन्धुरा बजारबाट सशस्त्र प्रहरीको टोलीले एक सय ६० बोतल कोडिन नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको गौरीगंज गाउँपालिका ३ बस्ने २८ वर्षिय परनन्द राजवंशी २४ वर्षिय मनोज महतो छन् ।
गौरीगंजबाट स्यालडाँगीतर्फ जाँदै गरेको बीआर ३८ एसए ५६३० नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बैगुन्धुराबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ
-
सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाइयो
-
२८ अर्ब ३२ करोडको सिलिङ, भौतिकले मात्रै माग्यो १६ अर्ब, सिँचाइलाई चाहियो ४० अर्ब
-
प्रतिनिधि सभा सदस्यमा सुहाङको शपथ आज
-
आगलागी र चट्याङबाट चौबिस दिनमा सत्ताइस जनाको मृत्यु
-
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै