लालुप्रसाद यादवको आह्वानः उठ बिहारी, तयारी गर
एजेन्सी । भारतको बिहारमा विधानसभा चुनावको मिति घोषणा भएको छ । शुक्रबार त्यहाँको निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी चुनावी मिति घोषणा गरेको हो । कोरोना भाइरस संकटका बीचमा भारतमा हुन लागेको यो पहिलो ठुलो चुनाव पनि हो ।
आयोगको घोषणाअनुसार बिहारमा तीन चरणमा मतदान हुनेछ र नतिजा नोभेम्बर १० मा घोषणा गरिनेछ। पहिलो चरणको मतदान अक्टोबर २८ मा हुनेछ । जबकि दोस्रो चरणको नोभेम्बर ३ र नोभेम्बर ७ मा तेस्रो चरणको मतदान हुनेछ।
चुनाव घोषणा भएपछि बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवले एक ट्वीटमार्फत सम्पूर्ण बिहारीलाई फेरि एकपटक उठ्न आह्वान गरेका छन् । उनले ट्वीटमा लेखेका छन्ः ‘बिहारी उठ, तयारी गर। यो जनताले शासन गर्ने समय हो ।’ लालूले आफ्नो ट्वीटमा थप लेखेका छन्ः ‘बिहारमा परिवर्तन हुन्छ। अधिकारी नियम अन्त्य हुनेछ। अब जनताले शासन गर्नेछन् ।’
यसअघि बिहारका पूर्व उपमुख्यमन्त्री एबम् लालूप्रसाद यादवका छोरा तेजस्वी यादवले चुनाव घोषणा भएपछि टिप्पणी गर्दै भनेका थिएकि यसपटक हाम्रो जीत निश्चित छ। मुख्यमन्त्रीलाई हमला गर्दै तेजस्वीले भनेका थिए– ‘नितिशकुमार भ्रष्टाचारका भीष्म पितामह हुन्। जनताले जनादेशको अपमानको बदला लिनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण