कोरोनाः संसारभरी मृतकको संख्या १० लाख पार
१० महिनाभित्र संसारभरी कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ ।
जोन होपकिन्स युनिभर्सिटीका अनुसार यीमध्ये लगभग आधाको मृत्यु अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा भएको छ ।
जहाँ अमेरिकामा कोरोनाभाइरसले २,०५,०३१ जनाको ज्यान गुमिसकेको छ भने ब्राजिलमा यसले १,४२,०५८ को मृत्यु भएको छ । यस्तै भारतमा ९५,५४२ र मेक्सिकोमा ७६,७३० को मृत्यु भएको छ ।
संयुक्त राष्ट महासचिव एन्टोनियो गुटेरेशले भाइरसका कारण ज्यान गुमाउनेहरुको आँकडा मन दुखाउने किसिमको छ । यो संकटबाट लड्नका लागि अन्तरराष्ट्रिय सहयोग र नेतृत्वको आवश्यकता भएको उनले बताए ।
यद्यपि, थुप्रै जानकारका अनुसार मृत्युको आँकडा १० लाखभन्दा पनि बढि हुनसक्छ किनभने थुप्रै देशमा कोरोनाभाइरसका लागि कम परीक्षण भइरहेको छ जसका कारण कोभिड–१९ का कारण हुने मृत्यु सहि तरिकाले दर्ता भइरहेको छैन ।
कोरोना संक्रमणको पहिलो मामिला १० महिना अघि चीनको ऊहानमा भेटिएको थियो । यहाँबाट फैलिएको यो भाइरस अब १ सय ८८ देशमा फैलिसकेको छ भने संसारभरीका ३.३ करोड मानिसलाई संक्रमित पारिसकेको छ ।
कोरोना महामारीमाथि नियन्त्रण पाउनका लागि यसको भ्याक्सिनमा तीब्र रुपमा काम चलिरहेको छ तर जानकारका अनुसार यो प्रभावकारी भ्याक्सिन अर्को वर्ष अघि आउन मुश्किल छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको कुनै प्रभावकारी भ्याक्सिन भेटुञ्जेल यो भाइरसले करिब २० लाख व्यक्तिको मृत्यु हुनसक्ने अनुमान गरेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण