दुर्घटनामा एकको मृत्यु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाकटर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु हो ।
दिक्तेल बजारबाट घरायसी सामान लिएर हिँडेको ट्रयाकटरको ट्रली पल्टिएर दुर्घटना हुँदा ट्रलीमा चडेका तीनमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । छ जनामध्ये अगाडिको इन्जिनमा रहेका अन्य दुई जनालाई भने चोटपटकसमेत नलागेको प्रहरी निरीक्षक साहले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते टेम्माकै ३० वर्षीय हरि मुग्राती रहेको र उहाँको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उद्दारमा खटिएका प्रहरी र स्थानीय बासिन्दाले घटनास्थलबाट गएराति नै उद्दार गरेका घाइते मुग्रातीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनापछि चालक निशान राई र सहचालक विशाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण