शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनापछि संचालनमा आयो धुलिखेल जिपलाइन, असोज महिनाभर ३०% छुट

आइतबार, १८ असोज २०७७, १८ : ४६
आइतबार, १८ असोज २०७७

काठमाडौं । कोरोना कहरले बन्द भएको धुलिखेल जिपलाइन ६ महिना पछि असोज १७ गतेदेखि पूनः संचालनमा आएको छ।  फेस्टिभल अफरअन्तर्गत जिपलाइनको शुल्कमा ३०% छुट गरिएको जिपलाइनका संचालक वल्ड वाइड एड्भेन्चरका अध्यक्ष केदार थापाले बताए।

क्लासिक जिपलाइनको २ हजार ५ सयमा छुट गरि १ हजार ७ सय ५०, सुपरम्यान  जिपलाइनको ३ हजार पाँच सयमा छुट गरि २ हजार ४ सय ५० र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५ सयमा छुट गरि ३ हजार १ सय ५० कायम गरिएको थापाले जानकारी दिए।

जिपलाइनसँगै फोटो भिडियो प्याकेजमा समेत छुट दिइएको थापाले बताए। क्लासिक र सुपरम्यान जिपलाइनमा फोटो र भिडियोको लागि ७ सय रुपैयाँ लाग्ने भएपनि हाल २ सय रुपैयाँ कायम गरेको र  टेन्डम (जोडि) जिपलाइनमा फोटो र भिडियोको लागि एक हजार रुपैयाँ लाग्ने भएपनि हाल ३ सय रुपैयाँ कायम गरेको छ। साथै धुलिखेल जिपलाइनले संचालनमा ल्याएको एडभेन्चर पार्कमा पनि निःशुल्क  प्रवेश पाइने संस्थापक एवं सिइओ भुपेस श्रेष्ठले बताए ।

कोभिड१९ का कारण सुरक्षा सावधानी अपनाउँदै कर्मचारीको एक एक हप्ताको सिफ्टमा काम गरिएको अध्यक्ष थापाले बताए।

२०७५ फागुनदेखि व्यवसायिक रुपमा धुलिखेल जिपलाइन सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेशन छ। क्लासिक, सुपरम्यान र टेन्डम गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। जिपलाइनसँगै ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको) रेस्टुरेन्ट पनि छ । 

खावास्थित ‘ल्याण्डिङ स्टेशन’ मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप