केन्द्रीय संस्करण

सामसङ ग्यालेक्सी जेड फोल्ड २ को प्रि–बुकिङ्ग सुरु, स्मार्टडोकोले गर्नेछ निःशुल्क डेलिभरी

person explore access_timeअसोज १९, २०७७ chat_bubble_outline0

काठमाडौं । लामो प्रतीक्षापछि सामसङ ग्यालेक्सी जेड फोल्ड २ (Samsung Galaxy Z Fold 2) को लागि प्रि–बुकिङ्ग अब स्मार्ट डोकोमा दुई लाख ४९ हजार नौं सय ९९ मा उपलब्ध छ । 

यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेभ गर्दा शुट हुन्छ । 

प्रि–बुकिङ्ग गर्दा १९ हजार नौं सय ९९ मूल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाईनेछ र ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सक्नेछन् । सामसङ ग्यालेक्सी जेड फोल्ड २ प्रि–बुक गर्न https://cms-prd=mygalaxy-nbs=com/NP-ZFold2-Preorder/ वेभसाइटमा जान सकिन्छ ।

त्यसैगरी, 9801013311/ 9802002870 मा पनि सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुले पाँच हजार  प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्ने हुनेछ र बाँकी ह्याण्डसेट पाउने भएपछि भुक्तानी गर्नुपर्ने छ । 

आईएमएस ग्रुपका सिइओ दिकेश मल्होत्राले भने, “अगिल्लो समयहरुमा सामसङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिँदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन  स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।’ 

स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गतेसम्म मात्र खुल्ला गरिएको र स्मार्टडोकोले निःशुल्क डेलिभरी गर्ने आईएमएसले जनाएको छ । 

स्मार्टडोकोको 
स्मार्टडोको ई–कमर्स सरल र सुरक्षित प्लेटफर्म हो । स्मार्टडोकोमा १० विभिन्न क्याटोगोरी छ र थुप्रै सव क्याटोगोरीहरु छन् जहाँ ग्राहकहरूले १० हजारभन्दा बढी सामानहरू खरीद गर्न सक्नेछन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.