शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्राध्यापक कुट्ने पक्राउ परेनन्, नेविसंघका नेताविरुद्ध किटानी जाहेरी

बुधबार, २१ असोज २०७७, १३ : २७
बुधबार, २१ असोज २०७७

काठमाडौं । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेलाई प्रहरीले अझै पक्रन सकेको छैन् । समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापक चलाउनेलाई मंगलबार विश्वविद्यालय परिसरमा ३ जना युवाले कुटेर भागेका थिए । घटनामा मानस कोइरालाको नाममा रहेको मोटरसाइकल प्रयोग भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तर, कोइराला अहिले लण्डनमा छन् ।

कुटपिटमा संलग्नहरुको पहिचान खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए । उनले भने– ‘कुटपिटमा संलग्नको पहिचान खुलेको छ, छिट्टै पक्राउ गर्छौं ।’ प्राध्यापक चलाउनेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बुधवार कम्मर र गोलीगाँठोको भागमा मेजर अप्रेशन गर्नुपर्ने त्रिविका प्राध्यापक गुमनसिंह खत्रीले रातोपाटीलाई बताए । उनको टाउकोको पनि एमआरआई हुँदैछ । कुटपिटमा संलग्न रहेको भन्दै प्राध्यापक चलाउनेका तर्फबाट त्रिभुवन विश्वविद्यालयका तीन जना नेताविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको छ ।

नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल र कर्णबहादुर थापाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताइएको छ । रावलले केही समयअघि त्रिविमा लगाएको ताला काटेमा ‘हात काट्छु’ भनेर विज्ञप्ति निकालेका थिए । प्राध्यापक चलाउनेलाई नेविसंघले थ्रेट गर्दै आएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । आफुलाई कुट्नेलाई योगेन्द्र रावलले मोटरसाईलकमा राखेर भगाएको चलाउनेले आफ्ना निकटहरुसँग बताएका छन् ।   

आचार्य समुह कृष्ण सिटौलानिकट मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप