यूरोपमा तीब्र बढिरहेछन् कोरोना संक्रमित, पुनः कडाई
यूरोपका विभिन्न देशमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि एकपटक पुनः प्रतिबन्ध लगाइँदैछ ।
बेलायतमा संक्रमणको हिसाबले मध्यम, उच्च र अत्यन्त उच्च खतरा भन्दै तीन श्रेणीमा विभाजन गरेको छ र त्यहाँ त्यसै प्रकारले प्रतिबन्ध लगाइँदैछ । बेलायती सरकारको वैज्ञानिक सल्लाहकारले अहिले पनि सार्वजनिक स्थानमा खासै कडाई नदेखिएको बताएका छन् ।
चेक गणराज्यमा तीन हप्ताका लागि आंशिक लकडाउन लगाइएको छ । यसअनुसार स्कूल, बार र क्लबलाई बन्द गर्नुपर्नेछ ।
युरोपेली देशमा प्रति एक लाखको जनसंख्याको हिसाबले सबैभन्दा धेरै मामिला चेक गणराज्यमा देखिएको छ । चेक स्वास्थ्यमन्त्रीले त्यहाँ लकडाउन खुकुलो भएपछि मानिसहरु धेरै नै सामान्य हुन लागेको बताएका थिए ।
चेक गणराज्यले मार्चमा निकै शीघ्र र कडा लकडाउन गरेको थियो । तर जूनमा त्यहाँ खुकुलो बनाइएको थियो । तत्पश्चात् राजधानी प्रागको चार्ल्स ब्रिजमा संकट समाप्त भएका उत्सव पनि मनाइएको थियो ।
नेदरल्याण्डमा अबको चार हप्ताका लागि आशिंक लकडाउन लगाइएको छ । त्यहाँ सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गरिएको छ ।
यूरोपका विभिन्न देशमा अस्पतालमा बिरामीको संख्या तीब्र रुपमा बढिरहेको छ ।
फ्रान्सको राजधानी पेरिसमा सरकारी अस्पतालको संगठनले पनि अर्को हप्ताको अन्त्यसम्म पेरिसका अस्पतालका ९० प्रतिशत बेड भरिने जानकारी दिएको छ । पेरिसका विभिन्न स्थानमा राती कर्फ्यू लगाइने पनि सम्भावना रहेको बताइन्छ ।
जर्मनीकी चान्सलर एंगेला मर्केले पनि आफूले स्थितीमाथि निगरानी राखिरहेको बताएकी छिन् ।
उनले भनिन्, ‘म भन्न चाहन्छु कि स्थिती गम्भीर बनेको छ ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण