बुटवलको कोराना विशेष अस्पतालमा थप एक जनाको मृत्य
बिहीबार, २९ असोज २०७७, १२ : ०५
रूपन्देहीमा कोराना संक्रमण दर दैनिक रुपमा वृद्धिसँगै मृत्यु मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ती महिलालाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेको थियो । यससँगै बुटवलस्थित कोराना विशेष अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।