एनएमबि बैंकद्वारा सेती नदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन
शुक्रबार, ३० असोज २०७७, १४ : ४८
काठमाडौं । एनएमबि बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा निर्माण गर्दैछ ।
यस परियोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् । २५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कूल लागत रु ५ अर्ब रहेको छ । जसमध्ये बैकहरुको लगानी कूल रु. ३.५० अर्बको हुनेछ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कूल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि सेवा आयोगका सदस्यमा प्राडा अजय भट्टराई नियुक्त
-
पार्किङमा राखेका गाडी चोरेको आरोपमा युवक पक्राउ
-
एमाले संसदीय दल बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल
-
सन्दीपबारे निर्णय गर्न क्यान बैठक बस्ने
-
सन्दीपले सफाइ पाएपछि समर्थकको खुसीयाली, तस्बिरहरू
-
गृहमन्त्री लामिछानेसँग माफी मागे डा.निकोलस भुसालले