गृहमन्त्री लामिछानेसँग माफी मागे डा.निकोलस भुसालले

काठमाडौँ । गत प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धामा गरेर चर्चामा आएका डा.निकोलस भुसालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग माफी मागेका छन् ।
बुधवार गृह मन्त्रालय पुगेर उनले अघिल्लो दिन आफू पक्राउ परेपछि मन्त्री लामिछानेलाई गाली गलौच गरेकोमा आत्मग्लानि महसुस गरेर माफी माग्न आएको बताए ।
गृह मन्त्रालयको ढोकामा उनले माफी मागे पनि गृहमन्त्री लामिछानेले लोकतन्त्रमा बोल्न पाइने भन्दै माफी माग्न आवश्यक नभएको बताए । भुसालले लामिछानेलाई भने– ‘मैले हिजो तपाईँको बारेमा धेरै नचाहिँदो बोलेँ, त्यसका लागि सरी भन्न आएको । अलि दुःख लाग्यो ।’
जवाफमा लामिछानेले भने– ‘केही छैन, लोकतन्त्रमा बोल्न पाइहालिन्छ नि । प्रहरीले आफ्नो काम गर्छ, देशै भरको प्रहरीलाई यसलाई समात, उसलाई नसमात भन्न मिल्दैन, उसको सिस्टमले समाउने हो । मैले नचाहिँदो काम नगर्नुस् भन्ने मात्र हो । केही छैन, तपाईंले सरी भन्नुपर्दैन, तपाईंको हौसला बुलन्द राख्नुस्, राम्रो काम गर्नुस्, अन्यायको विरुद्ध बोल्नुस्, न्यायको पक्षमा बोल्नुस्, राम्रो मान्छेलाई साथ दिनुस्, आवेग र उत्तेजना भन्दा पनि राम्रो कुरालाई छुट्टाउने प्रयास गर्नुस् । केही छैन तपाईंलाई सधै शुभकामना छ ।’
सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्दै सर्वोच्च अदालतमा धर्ना बस्न थालेपछि सोमबार प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनले रवि लामिछानेलाई गालीगलौज गर्दै राजीनामा मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाही दुर्घटना अपडेटः सबै घाइतेहरूको परिचय खुल्यो, एक युवतीको मृत्यु
-
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
-
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’
-
जनआक्रोशलाई समयै व्यवस्थापन गर्न नसके अर्को अतिवादी शक्ति सत्तामा पुग्न सक्ने खतरा देखिन्छ : बाबुराम भट्टराई
-
प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘म राजनीतिमा आउदिनँ’
-
प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन