पार्किङमा राखेका गाडी चोरेको आरोपमा युवक पक्राउ
ललितपुर । गाडी चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका गाडी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछाप दोरम्बा घर भई हाल ललितपुरको सानेपा बस्ने गणेशबहादुर गौतमलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा गौतमलाई काभ्रे भुम्लु गाउँपालिका–१० दोलालघाटबाट पक्राउ गरेको हो । पार्किङ गरी राखिएका बा.१५ च ९८२५, बा.१२ च ४७०६ र बा.७ च ७७० नम्बरका ३ वटा पिक अप गाडीहरू श्रृंखलावद्ध रूपमा चोरी भएको थियो ।
गाडी चोरी घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बा.१५ च ९८२५ नम्बर र बा.१२ च ४७०६ नम्बरका गाडी ब्याट्री नभएको अवस्थामा नैकाप र सतुङ्गलबाट फेला परेको थियो । साथै बा.७ च ७७० नम्बरको पिक अप गाडी इलाका
प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानी खोलाबाट नियन्त्रणमा लिइएको थियो । गौतमलाई ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण