शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र चीनले एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने

आइतबार, ०२ कात्तिक २०७७, ०७ : १६
आइतबार, ०२ कात्तिक २०७७

नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् ।

दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । नेपालसँगको समन्वय र सहमतिमा चीन सरकारले छुट्टै सगरमाथाको उचाइ मापन गरेको मन्त्रालयले जनाएको हो । नेपालले सगरमाथा मापनको काम अन्तिम चरणमा पुर्याएको बेला चीनले पनि उत्तरी मोहडाबाट मापन शुरु गरेको थियो ।

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपाल र चीन दुवै देशले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी भएको बताएँदै यसका लागि चीन सरकारसँग पत्राचार भइरहेको बताइन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप