प्रदेश नं २ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित
आइतबार, ०२ कात्तिक २०७७, २१ : २२
प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक सर्वसम्मतबाट पारित भएको हो ।
विधेयक पारित भएसँंगै प्रदेश नं २ सरकारलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको छ ।
विधेयकमा हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रतिष्ठानअन्तर्गत राखिने छ । प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानमा के-के गर्न पाइँदैन ?
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव