शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा ५ किलो अफिम बोकेका व्यक्तिले प्रहरीलाई धक्का दिँदै भारत लागेपछि...

मङ्गलबार, ०४ कात्तिक २०७७, १८ : ५६
मङ्गलबार, ०४ कात्तिक २०७७

कपिलवस्तुमा ५ किलो अफिम बोकेका व्यतिले प्रहरीलाई धक्का दिँदै भारततिर लागेपछि कपिलवस्तुमा आज दिउँसो सनसनी मच्चिएको थियो । दिउँसो करिब साढे १ बजे कृष्णनगर नगरपालिका वडा नं. २ लिङकगेटस्थित डिउटीमा खटिएको प्रहरी टोलीले नेपाल–भारत आवतजावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा अफिम बोकेका ती व्यक्ति नेपाल प्रहरीलाई घक्का दिँदै भारततिर भागेका थिए ।

पछि भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । रुकुम बाफिकोट गा.पा. वडा नं. ८ दुली घर भइ अहिले दाङको तुल्सीपुर उपमहानगरपालिका स्थित गुमराह चोकमामा बस्ने ३५ बर्षका लालबहादुर खत्री (लाले) को नेपाली प्रहरी चेकजाचँ गर्ने क्रममा प्रहरीलाई घक्का दिँदै दशगजातिर भागेका थिए ।

त्यसपछि भारतीय प्रहरी नियन्त्रमा लिएर नेपाल प्रहरीलाई बुझाउँदा प्लाष्टिकको झोलामा बेरेर राखेको अवस्थामा ६ प्याकेट (तौल गर्दा ३ किलो) र शरीर खनतलासी गर्दा थप २ किलो गरी ५ किलो अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी धर्मराज  भण्डारीले बताए । बरामद गरिएको उक्त लागु औषधसम्बन्धि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

जिल्लामा प्रमुख समस्याको रुपमा रहेको लागु औषध कारोबारीको जालो तोड्न कपिलवस्तु प्रहरी सक्रिय बनेको प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप