नयाँदिल्लीमा अलपत्र दुई नेपाली महिलाको उद्धार
कैलाली । भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पुर्याइएको छ । कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी २९ वर्षीया महिलाको उद्धार गरिएको हो । २९ वर्षीया महिलासँग दुई नाबालक छोरीसमेत छन् ।
घरमा सासू, ससुरा, देवर र श्रीमानको दुर्व्यवहार झेल्दै आएकी उनी दलालको फन्दामा परेर दिल्ली पुगेको पाइएको माइती नेपाल धनगढी शाखा प्रमुख शिवनारायण चौधरीले बताए । उद्धारका लागि पीडित माइती पक्षले दिएको निवेदनपछि उनको उद्धार गरिएको जनाइएको छ ।
यस्तै कुवेत जानका लागि दिल्लीमा पासपोर्ट बनाउन आउनु भन्दै दलालले दिल्ली पुर्याएर अलपत्र पारेकी मकवानपुरकी ५२ वर्षीया महिलाको पनि उद्धार गरिएको छ । दिल्लीमा एक नेपाली महिलाको सम्पर्कमा आएपछि उनको उद्धारको पहल गरिएको थियो । प्रलोभनमा पारी यी दुई महिलालाई दिल्ली पुर्याउने दलाल भने फरार भएको जनाइएको छ ।
यसअघि गत असोजमा पनि माइती नेपालले दलालको फन्दामा परेर भारत जाँदै गरेकी नवलपरासीकी एक महिलाको पनि कैलालीको त्रिनगर सीमानाकाबाट उद्धार गरेको थियो । “दिल्लीमा रहेको दलालले महिनामा रु ४० हजार पाइन्छ भन्दै उतै बोलाएका रहेछन्”, चौधरीले भने, “उहाँ दिल्ली जाँदै गर्दा त्रिनगरनाकाबाट उद्धार गरेका थियौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना